• शनिबार, साउन १६ २०८३

प्याव्सन गण्डकी प्रदेशकाे तेस्राे अधिवेशन सकियाे, उपाध्यक्षमा गोरखाका सिताराम तिवारी


बिहिबार, पुष २२ २०७८
685
Shares

गोरखा । नीजि तथा आवासिय विधालय अर्गनाइजेशन (प्याव्सन) काे गण्डकी प्रदेश समितीकाे तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । नवलपुरमा भएकाे प्याव्सन गण्डकीकाे पाँचाै साधारणसभा तथा तेस्राे अधिवेशनले दिनेश कुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेकाे छ । अध्यक्षमा चयन भएका श्रेष्ठ कास्कीका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रकाश खनाल र उपाध्यक्षमा गोरखाका सिताराम तिवारी चयन भएका छन् । गोरखा प्याव्सनका पूर्व अध्यक्ष समेत रहेका तिवारी सदरमुकाममा सञ्चालित गोरखा इंलिस बाेर्डिङ्ग र माेर्डन इंलिस बाेर्डिङ्ग स्कुलका सञ्चालक हुन् ।

यस्तै अधिवेशनले सचिबमा कास्कीका विश्वराज बास्तोला, सहसचिबमा कास्कीकै दुर्गादत्त पंगेनी, सहकाेषाध्यक्षमा लमजुङ्गका खेम बहादुर गुरुङलाई चयन गरेकाे छ ।

यसैगरी सदस्यहरुमा लक्षमण भुसाल (पर्बत ), कृष्ण प्रसाद सुवेदी (म्याग्दी), लक्ष्मीप्रसाद बराल (स्याङ्जा), बिन्दुकुमार श्रेष्ठ (नवलपुर) र थानसरा चापागाईं (नवलपुर) लाई चयन गरेकाे प्याव्सन गण्डकी प्रदेश समितीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार