गोरखाका मोहनकुमार श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अध्यक्षतामा बसेको राप्रपाकाे पहिलो बैठकले श्रेष्ठसहित ३१ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो ।
श्रेष्ठ भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङका हुन् । २०६७ साल देखि केन्द्रीय सदस्यमा रहेका उनी पाँच पटक सह प्रवक्ता रहेर समेत काम गरिरसहेको छन् । उनी यस अघिका पार्टीको पूर्व प्रचार विभागका प्रमुख समेत हुन् ।