• शनिबार, साउन १६ २०८३

गोरखाकाे जेठाे स्कुलकाे अध्यक्षमा शिवराम


बिहिबार, पुष २२ २०७८
815
Shares

गोरखा । गोरखाकाे सबैभन्दा पूरानाे बिधालयकाे ब्यवस्थापन समितीकाे अध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन् ।

सदरमुकामकाे पाटेचाैरमा रहेको श्री शक्ति माविकाे अभिभावक तथा सराेकारवालाकाे भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा विजय ज्ञवाली, सन्तोष श्रेष्ठ, सर्मिला श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सूर्यमाया श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक बद्री अर्याल रहेका छन् ।

सोही भेलाले गुणस्तर तथा लेखाजोखा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा इश्वरीप्रसाद लामिछानेको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा हरिनारायण श्रेष्ठ, दीपक श्रेष्ठ र हिरादेवी श्रेष्ठ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार