गोरखा । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई नगर विकास काेषकाे बाेर्ड मेम्बर बनाउने नेपाल सरकार मन्त्रीपरिषद बैठकले निर्णय गरेकाे छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकाे प्रस्तावमा मेयर पन्तलाई काेषकाे बाेर्ड मेम्बर बनाउने सरकारले निर्णय गरेकाे हाे ।
गत पुष १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षतामा भएकाे मन्त्री परिषद बैठकले पन्तलाई आगामी दुई बर्षका लागि नगर विकास काेषकाे सञ्चालक समिती सदस्य बनाउने निर्णय गरेकाे हाे ।
काेषकाे अध्यक्ष भने सहरी विकास मन्त्री रहने ब्यवस्था छ । समितीमा मेयर पन्तसहित ७ जना सदस्य रहेका छन् । उनि नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन ।