• शनिबार, साउन १६ २०८३

पार्टीलाई अझै क्रान्तिकारी बनाउन लागेको छु: प्रचण्ड


बुधबार, पुष २१ २०७८
785
Shares

आठौं महाधिवेशनबाट नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्डले पार्टी संरचनालाई अझै क्रान्तिकारी बनाउन खोजिएको बताएका छन्।

पार्टी पुनर्निर्माण र रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डलाई बधाई तथा शुभकामना दिन पुगेका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित पदाधिकारीहरूसँग मंगलबार दाहालले भने, ‘पार्टीलाई अझै क्रान्तिकारी बनाउनुपर्छ। क्रान्तिकारी संगठन निर्माण गर्नुपर्छ। सबैको साथ र सहयोग आवश्यक हुन्छ।’

भातृ संगठनका नेताहरूसँग खुमलटारमा प्रचण्डले पार्टी पुनर्निर्माणका लागि खट्न पनि आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार