• शनिबार, असोज ३ २०८३

प्रधानमन्त्री देउवा अटो सफारीमा


मंगलबार, पुष २० २०७८
650
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले प्रदेश १ को धरानमा छन्। हेलिकोप्टरमा धरान पुगेका उनी त्यहाँ पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका छन्।

उनले मंगलबार एकैदिन पार्टी कार्यालयदेखि फोहोर प्रशोधन केन्द्रसमेत उद्घाटन गर्न भ्याएका छन्। उनले धरान उपमहानगरपालिका-६ पानबारीमा फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन्। 

त्यसक्रममा देउवाले फोहोर मैला प्रशोधनका क्रममा उत्पादित ऊर्जाबाट सञ्चालन हुने अटो सफारीको पनि उद्घाटन गरेका छन्। 

उनले त्यसक्रममा केही बेर फोहोर मैला प्रशोधनबाट निस्किएको ऊर्जाबाट चल्ने अटो सफारीमै यात्रा गरेका कांग्रेस नेतृ लक्ष्मी खतिवडाले बताएकी छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार