• शनिबार, साउन १६ २०८३

माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ पुग्यो (नामावलीसहित)


मंगलबार, पुष २० २०७८
705
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो ।

 

प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम  थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ । जसअनुसार बाँकी सदस्य क्रमशः मनोनयन गरिने माओवादीले जनाएको छ ।

महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको सोमबार शपथ भइसकेको छ भने पहिलो केन्द्रीय कमिटी बैठकसमेत बसेर प्रचण्डलाई अध्यक्ष चयन गरिसकिएको छ । माओवादीको अर्को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्नेछ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार