• शनिबार, साउन १६ २०८३

‘पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए आन्दाेलन’


सोमबार, पुष १९ २०७८
605
Shares

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिन माग गरिरहेको राप्रपाले विदा नदिए विरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न उपत्यकाका अगुवा कार्यकर्ताहरुको भेलाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेको छ । 

पार्टीका वागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा गठित व्यवस्थापन समितिमा उपत्यकाका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा निर्वाचन कार्य समिति अध्यक्ष र नगर कार्य समिति अध्यक्षहरू सदस्य तथा सदस्य सचिवमा ललितपुर जिल्ला कार्य समिति अध्यक्ष अष्टलाल महर्जन रहेको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए । 

पुस २७ गतेलाई सार्वजनिक विदाको माग गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा गएको टोलीले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी ज्ञापनपत्र बुझाएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार