• शनिबार, साउन १६ २०८३

नेपाल शिक्षक संघ बारपाक सुलिकोटको अध्यक्षमा ढकाल, अरु पदमा काे काे ?


सोमबार, पुष १९ २०७८
865
Shares

गोरखा । नेपाल शिक्षक संघ बारपाक सुलिकोटको अध्यक्षमा गोपिलाल ढकाल सर्वसम्मत चयन भएका छन् । गत १७ गते बारपाकमा सम्पन्न दोस्रो पालिका अधिवेशनबाट ढकाल नेपाल शिक्षक संघ बारपाक सुलिकोटको अध्यक्षमा चयन भएका हुन् ।

ढकालसहित संघको कार्य समितिमा उपाध्यक्षमा रिता ढकाल अधिकारी, रमेश कोइराला, सचिबमा सुनिल अधिकारी, सचिब अर्थमा विजय भट्ट, सह सचिवम जीवन सिंह, गोमा थापा, सह सचिव अर्थमा सुक बहादुर बराम, सह सचिब समावेशीमा मणीलाल घले, देवी माया थापा मगर चयन भएका हुन् ।

यसैगरी सदस्यमा क्रमश सन्त कुमारी घले, सीता घले, पबित्रा तामाङ, गायत्री ढकाल, दयाराम भट्ट, रामचन्द्र अधिकारी, हिमला बराम, चन्द्र कुमारी वि.क, पुण्य प्रसाद भट्ट, सम्झना अधिकारी, टंक कुमारी फेवाली, राम प्रसाद लामिछाने, अरुण बराम, पूर्णिमा घले, अमर बराम चयन भएको नव निर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।

ढकालले आगमी दिनमा समग्र शिक्षक एवं विधालय कर्मचारीहरुको समस्य समाधान गर्न हरदम प्रयासरत रहने बताएका छन् । उनले शिक्षक संघको इज्जत माथि उठाउन हदै सम्मको प्रयास गर्ने प्रण समेत गरेका छन् ।

पालिका अन्तरर्गतको शैला पुत्री माध्यमिक विधालयमा कार्यरत ढकाल एक इमानदार र संयम शिक्षकको रुपमा चिनिन् छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार