नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ।सोमबार बसेको बैठकले सातै प्रदेशका क्लस्टर अनुसार १९ जना उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।
यसअघि आइतबारको केन्द्रीय सचिवालय बैठकले चयन गरेको नामलाई आजको बैठकले अनुमोदन गरेको हो। राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० मा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ।