गोरखा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यहरुको उम्मेदवार टुगों लगाएको छ ।
सोमबार सम्पन्न बैठकले गण्डकीबाट गोरखाकी कमला पन्तसहित सात जनाको नाम टुंगो लगाएको हो ।
जसमा प्रदेश १बाट गोपाल बस्नेत, बाग्मती प्रदेशबाट कृष्णप्रसाद पौडेल, लुम्बीनी प्रदेशबाट युवराज शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरेको छ ।
यस्तै बैठकले कर्णाली प्रदेशबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार उठाउने निर्णय गरेको हो ।