• शनिबार, साउन १६ २०८३

जनमोर्चाबाट राजेश विश्वकर्मा बने राष्ट्रियसभाका उम्मेदवार


सोमबार, पुष १९ २०७८
740
Shares

राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश  विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो । 

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत भएका थिए ।   रुपन्देहीका विश्वकर्मा जनमोर्चाका नेता हुन् । उनी  प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य समेत हुन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार