• शनिबार, साउन १६ २०८३

पृथ्वी जयन्तीका दिन गोरखा नगरमा सार्वजानिक बिदा


सोमबार, पुष १९ २०७८
965
Shares

गोरखा । पृथ्वी जयन्तीका दिन गोरखा नगरपालिकाले सार्वजानिक बिदा दिने निर्णय गरेकाे छ । २७ पुसमा पर्ने  ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती’ का दिन गोरखा नगरपालिकाले नगर क्षेत्रमा सार्वजानिक बिदा दिने निर्णय गरेकाे हाे ।

हिजाे आइतबार बसेकाे नगर कार्यपालिका बैठकले साे दिन बिदा दिने निर्णय गरेकाे मेयर राजनराज पन्तले जानकारी दिए । साे दिन नगरक्षेत्रका सामुदायिक तथा संस्थागत बिधालय, कलेज लगायत नगरपालिकाकाे मातहतमा रहेका कार्यालयहरु बन्द रहने बताइएकाे छ ।

‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहकाे जन्मभुमीमा हाम्राे नगर छ, उहाँकाे याेगदानलाई सम्मान गर्न हामीले पृथ्वीजयन्तीमा पहिलेदेखि नै बिदा दिदै आएका छाै, याे बर्षपनि त्यसैकाे निरन्तरता हाे’ मेयर पन्तले भने ‘त्याे दिनलाई हामी एकताकाे दिनका रुपमा पनि मनाउछाै, राज्य एकिकरणमा पृथ्वी नारायण शाहकाे याेगदानकाे चर्चा गर्दै इतिहासकाे प्रचार गर्ने कार्यक्रम गर्छाै ।’

साे दिवशका अवसरमा नगरपालिकाले औपचारिक कार्यक्रम समेत आयाेजना गर्ने बताएकाे छ । कार्यक्रम गोरखा संग्रहालयमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार