• शनिबार, असोज ३ २०८३

माओबादी आठौं महाधिवेशन: गोरखाका ११ जना बने केन्द्रिय सदस्य (नामसहित)


सोमबार, पुष १९ २०७८
1.1K
Shares

गोरखा । नेकपा माओवादी केन्द्रकाे आठौं महाधिवेशन सकिएकाे छ । गत पुष ११ गतेदेखि सुरु भएकाे महाधिवेशन ८ दिनमा हिजाे आइतबार सकिएकाे हाे ।

जसमा आठौं दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा २ सय ३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो ।

यता अध्यक्ष प्रचण्डले घाेषणा गरेकाे केन्द्रिय कमिटीमा गोरखाका ११ जना परेका छन् ।

जसमा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, कृष्ण धिताल, चुडामणि खड्का, अमर तमु, पर्सुराम रम्तेल, लेखनाथ न्यौपाने, शुशिला सिम्खडा, पार्वती थापा र पम्फा बसेल रहेकाे बताइएकाे छ ।

त्यस्तै हिजाे निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ ।

बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ।

जसमा बरिष्ठ उपाध्यक्षमा गोरखाका नारायणकाजी श्रेष्ठ लगायत अन्य पदमा समेत गोर्खाली नेताहरु पर्ने अनुमान गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार