• आइतबार, असोज ४ २०८३

निर्माण व्यवसायी संघ गण्डकी प्रदेशकाे अध्यक्षमा टंकराज, उपाध्यक्षमा गोरखाका बाबुराम


आइतबार, पुष १८ २०७८
1K
Shares

गण्डकी प्रदेश निर्माण व्यवसायी संघको सम्पन्न प्रारम्भिक साधारण सभा एवं अधिवेशनले कास्कीका टंकराज बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षत्रय बाबुराम श्रेष्ठ(गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ (तनहुँ) महासचिव कृष्णप्रसाद लम्साल(कास्की) सचिवदय दामोदर घिमिरे (कास्की) र प्रेम अर्याल (नवलपुर), कोषाध्यक्षमा दीपेन्द्र आचार्य (कास्की) र सहकोषाध्यक्षमा हलिम मिया (स्याङजा) निर्वाचित भएका छन् ।

सदस्यमा कविता श्रेष्ठ, विश्वराज खनाल,भिम राना,सूर्यनाराण बराल, जगतबहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश बानिया, दीपक थापा, रोशन केसी, सन्तबहादुर नेपाली तथा प्रदेशका ११ जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार