• आइतबार, असोज ४ २०८३

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


आइतबार, पुष १८ २०७८
795
Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। 

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैठक २०७८ पुस १९ गते सोमवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने छ।’

 १४ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि सोमबार बस्न लागेको बैठक दोस्रो हो। यसअघि पुस १० गते पहिलो बैठक बसेको थियो।

बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित १३ नेतालाई केन्द्रीय कार्य समितिमा मनोनित गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार