• शनिबार, साउन १६ २०८३

माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित, पुस २२ मा अर्को बैठक


आइतबार, पुष १८ २०७८
1.3K
Shares

नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो।

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ।संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ।

साथै आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार