• शनिबार, साउन १६ २०८३

राष्ट्रिय सभा निर्वाचन: गण्डकीबाट एमालेले पठायाे ९ जना उम्मेदवारकाे नाम, गोरखाका ३ जना


आइतबार, पुष १८ २०७८
1.6K
Shares

गोरखा । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोटका लागि सूची तयार पारेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको हाे ।

जसमा गोरखाका मात्रै ३ जनाकाे नाम सिफारिसमा परेकाे छ । गण्डकीबाट ३ जना निर्वाचित हुने राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता गराउनुपर्नेछ ।

आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि एमालेले गण्डकीबाट ३ कलस्टर मा ९ जनाको नाम सिफारिस भएको हो । जसमा सबै क्लस्टरमा गोरखाका एक एक जना परेका छन् ।

जसमा दलिततर्फ गोरखाका कृष्ण नेपाली, महिला क्लस्टरबाट सम्झना देवकाेटा र खुलाबाट प्रेम गुरुङ्ग सिफारिसमा परेका छन् । सिफारिसमा परेकामध्ये देवकाेटा नेकपा एमालेकाे केन्द्रिय सदस्य छिन भने गुरुङ्ग जिल्ला अध्यक्ष हुन र नेपाली जिल्ला सचिव रहेका छन् ।

यता उम्मेदवारकाे सिफारिस भएकाे बिषय आफुलाई जानकारी नभएकाे नेकपा एमाले गोरखाका अध्यक्ष गुरुङ्गले बताए । उम्मेदवारकाे सिफारिसमा समेत परेका उनले प्रदेश कमिटिले सल्लाह नगरी नाम पठाएकाे भन्दै असन्तुष्टी समेत पाेखेका छन् ।

त्यस्तै गण्डकीबाट सिफारिसमा परेकाहरुमा दलित तर्फ बागलुङका गोविन्दबहादुर नेपाली र मनाङकी शान्तिमाया परियार छन । महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ र नवलपुरी लीला थारु थन्नेत सिफारिस भएकी छन् ।

खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका दिलबहादुर थापा सिफारिस भएका छन् । एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीको बैठक १३ पुसमा बसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार