
गोरखा । नेपाल निजामती कर्मचारी संगठन गोरखाकाे अध्यक्षमा राेशन बानियाँ चयन भएका छन् । संगठनकाे शनिबार सम्पन्न १२ औं अधिवेशनबाट गोरखा अस्पतालमा कार्यरत बानियाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
त्यस्तै उपाध्यक्षमा लाेक प्रसाद ढुंगाना, सुकमेल बराल, सचिवमा अनिल गुरुङ्ग, उपसचिवमा महेन्द्र सुनार र काेषाध्यक्ष प्रदिप पाैडेल चयन भएकाे संगठनले जनाएकाे छ ।
त्यस्तै सदस्यहरुमा नवराज श्रेष्ठ, नगेन्द्र आलेमगर, अशाेक थापा मगर, शिवलाल थापा मगर, प्रशुन अधिकारी र पुरुषाेत्तम गाैली चयन भएका छन् ।

अधिवेशनबाट लिलाधर अधिकारी, लक्ष्मी खनाल र गणेशभक्त त्रिपाठीलाई केन्द्रिय प्रतिनिधीका छनाेट गरेकाे छ ।
कार्यक्रममा नेकपा एमालेका गोरखा इन्चार्ज रामशरण बस्नेत, जिल्ला अध्यक्ष प्रेम गुरुङ्ग, नेपाल निजामती कर्मचारी संगठन कास्कीका अध्यक्ष अशाेक खनाल, सचिवालय सदस्य विष्णु अधिकारी लगायतले बाेलेका थिए ।