चितवन । मुस्लिम इत्तेहाद संगठन समाजवादी नेपालकाे चितवन जिल्ला अध्यक्षमा अरमान अलि चयन भएका छन् । शनिबार भएकाे नेकपा एकिकृत समाजवादी निकट मुस्लिम नेता तथा कार्यकर्ता भेलाले अलिलाई संगठनकाे जिल्ला अध्यक्षमा निर्विराेध चयन गरेकाे हाे ।
समाजसेवी हाजी नुर माेहम्मद मियाँकाे अध्यक्षतामा भएकाे भेलाले अलिकाे नेतृत्वमा १२ सदस्यिय कमिटी समेत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा आशिक खान, सकिल अलि, सचिवमा सविना मियाँ, काेषाध्यक्षमा सराेज खान र सहकाेषाध्यक्षमा आषिक खान चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अलिमदिन मियाँ, हसिना खातुन, अलि उमर मियाँ, अमिर खान, सद्धाम हुसैन, इमरान मलिक र सकिल अलि निर्विराेध चयन भएकाे बताइएकाे छ ।
यसैगरी भेलाले ३ सदस्यिय सल्लाहकार समिती समेत गठन गरेकाे छ । जसमा हाजी नुर महमद मियाँ, शम्सेर शेख र मेहराज खान रहेकाे संगठनले जनाएकाे छ ।
कार्यक्रममा नेकपा एसका नेता एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्री कृष्ण खनालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य एवं मुस्लिम इत्तेहाद संगठन समाजवादी नेपालका संयाेजक ताज माेहम्मद मियाँ, संघिय साँसद एवं पार्टीकी नेतृ कलिला खान, पार्टीका चितवन अध्यक्ष कृष्ण पन्त लगायतले बाेलेका थिए ।