• शनिबार, साउन १६ २०८३

गोरखा जेसीजकाे ४१ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा शैलेन्द्र भट्ट


शनिबार, पुष १७ २०७८
1.1K
Shares

गोरखा । गोरखा जेसीजको अध्यक्षमा शेलेन्द्र भट्ट चयन भएका छन् । गोरखा सदरमुकाममा शुक्रबार भएको गोरखा जेसिजको ४१ औँ वार्षिक साधारण सभा तथा ४१ औँ शाखा अधिवेशनबाट भट्ट अध्यक्षमा सर्वसम्मतदचयन भएका हुन् ।

त्यस्तै जेसीजकाे कार्यकारिणी उपाध्यक्षमा काजीराम दानी (दिनेश), सुमन गुरुङ चयन भएका छन् भने उपाध्यक्षमा रचन परियार, निरज कट्टेल, प्रमोदजंग कुँवर, सुजित श्रेष्ठ चयन भएका छन । यसैगरी सहसचिवमा ऋषि श्रेष्ठ चयन भएको समितिले जनाएको छ । त्यस्तै महासचिव लगायतका अन्य पदमा भने आगामिको बोर्ड वैठकले निर्णय गर्ने बताइएको छ ।

कार्यक्रम वर्ष २०२१ का अध्यक्ष प्रविन बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गोरखा जेसिजका पूर्व अध्यक्ष धिरज बहादुर मास्केको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा महासचिव राजेश श्रेष्ठले महासचिवकाे प्रतिवेदन र कोषाध्यक्ष सुमन गुरुङ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार