• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिका ९ मा तरुण दल गठन, सभापतिमा सानुबाबु


शनिबार, पुष १७ २०७८
1.7K
Shares

गोरखा । गाेरखा नगरपालिका वडा नम्बर ९ मा नेपाल तरुण दलकाे वडा कमिटी गठन भएकाे छ । शुक्रबार भएकाे नेपाली काँग्रेस निकट युवाहरुकाे भेलाले सानुबाबु श्रेष्ठकाे नेतृत्वमा तरुण दलकाे वडा कमिटी गठन गरेकाे हाे ।

तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) काे उपस्थितिमा भएकाे भेलाले वडाकाे उपसभापतिमा भने किरण गुरुङ्ग, सुजित तामाङ्गलाई चयन गरेकाे छ । त्यस्तै सचिवमा राजाराम कुवँर र सन्दिप विक, काेषाध्यक्ष हिमाल गुरुङ्ग, सहसचिवमा रामशरण थापा, सुलक्षम कुवँर चयन भएकाे बताइएकाे छ ।

यसैगरी सदस्यहरुमा हरिराम थापा, सुरेन्द्र गिरी, निराेज कुवँर, राजु गुरुङ्ग, प्रशन्न पाण्डे, केशर राना, प्रवेश कुवँर, प्रशान कुवँर, चन्द्र बहादुर थापा, पूर्ण बहादुर बिक, अन्नन राना, राम बहादुर थापा चयन भएका छन् । त्यस्तै सदस्यमै अभिषेक घर्ति, अनुप बस्न्यात, शंकर छिनाल, मनाेज कुवँर, मनिष श्रेष्ठ र सबिन बस्नेत चयन भएकाे दरुण दल वडा कमिटिले जनाएकाे छ ।

कार्यक्रममा नेपाली काँग्रेस गोरखा नगर सभापति चन्दनबाबु खत्री लगायतकाे समेत सहभािगता रहेकाे थियाे । तरुण दलले अन्य वडामा समेत संगठन बिस्तार गर्दै जाने बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार