• शनिबार, साउन १६ २०८३

आफनै टाउकोमा आगो लगाएर हिँड्न तयार छौंः प्रचण्ड


शुक्रबार, पुष १६ २०७८
755
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् ।

कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको उनले बताए । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले भने, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’

अहिले पनि एउटा छलाङ हान्न खोजेको भन्दै उनले भने, ‘जरुरी पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार