गोरखा । गोरखा दराैंदी यातायात सेवा कम्पनी प्रालिकाे अध्यक्षमा नारायण खत्री चयन भएका छन् । शुक्रबार भएकाे प्रालिकाे प्रथम अधिवेशनले खत्रीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
त्यस्तै प्रालिकाे सञ्चालक सदस्यहरुमा अञ्जनबाबु खत्री, शरण गुरुङ्ग, अर्जुन भट्ट, राजु धमलालाई चयन गरेकाे छ ।
सदरमुकाममा भएकाे अधिवेशनले सञ्चालक समितीकाे सदस्यमै ज्ञानकाजी श्रेष्ठ, दीपक बाेहाेरा, शरद कट्टेल, गणेश बाानियाँ, बिकाश घिमिरे र उज्वल मल्लाई चयन गरेकाे प्रालिले जनाएकाे छ ।