• शनिबार, साउन १६ २०८३

गोरखाको धार्चे र गण्डकी २ स्थानमा मतदान केन्द्र थप


शुक्रबार, पुष १६ २०७८
840
Shares

गोरखा । आसन्न निर्वाचनको लागी गोरखा जिल्लाको धार्चे र गण्डकी गाउँपालिकामा १–१ गरी २ स्थानिय तहमा मतदान केन्द्र थप गरिएको छ ।

धार्चेको शिव आधारभुत विद्यालय र गण्डकी गाउँपालिकाको पशुपति प्रजा आधारभुत बिद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मतदान केन्द्र थप्ने वा घटाउने भन्ने अधिकारी निर्वाचन आयोगलाई मात्र भएकोले जिल्लामा ३ स्थानमा मतदान केन्द्र थप गर्न सिफारीस गरिएको भएता पनि गोरखा नगरपालिका ३ को पढेनी चौताराको मतदान केन्द्रको भने निर्णय अहिले सम्म नभएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले जानकारी दिए ।

जिल्लामा रहेको राजनैतिक दलको मागको आधारमा गरिएको सिफारीसमा गोरखा सदरमुकामको मतदान केन्द्रको भने निर्णय नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार