• शनिबार, साउन १६ २०८३

मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको विकास हुनु आवश्यकः अर्थमन्त्री शर्मा


शुक्रबार, पुष १६ २०७८
620
Shares

sf7df8f}F, #) c;f/ M gjlgo'Qm cy{dGqL hgfb{g zdf{ a'waf/ cy{ dGqfnodf cfkmgf] kbef/ u|x0f kl5 dftxtsf sd{rf/LnfO{ lgb]{zg lbg'x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको विकास हुनु पर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको बताए ।शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराए । उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए ।

अर्थमन्त्री शर्माले भने, हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ ।’

खेती योग्य जमिन बाँझो हुँदा आयातित बस्तुहरु खान बाध्य हुनुपरेको भन्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि कृषि नै मुख्य आधार भएको बताए । कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यक्ता रहेको भन्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रको विकासमा ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए ।

सहकारीहरुले संगठित रुपमा किसानहरुलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नका लागि यो संगठन धेरै महत्वपूर्ण रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार