• शुक्रबार, साउन १५ २०८३

तीनै तहको निर्वाचनमा काँग्रेसको बहुमत आउँछः शंकर भण्डारी


बिहिबार, पुष १५ २०७८
1.3K
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गरे । आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको उनको बताए ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार