• शुक्रबार, साउन १५ २०८३

पुष २३ गते कांग्रेस महामन्त्री गगन थापा गोरखा आउने, यस्ताे छ कार्यक्रम


बिहिबार, पुष १५ २०७८
1.3K
Shares

????????????????????????????????????

गोरखा । आगामी पुष २३ गते नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा गोरखा आउने भएका छन् । कांग्रेस गोरखाकाे आयाेजनामा हुन लागेकाे नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न महामन्त्री थापा गोरखा आउन लागेका हुन ।

महामन्त्री निर्वाचित भएपछि पहिलाेपटक उनि गोरखा आउन लागेका हुन । ‘२३ गते हुने जिल्लास्तरिय प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्न उहाँ गोरखा आउदै हुनुहुन्छ’ नेपाली कांग्रेस गोरखामा सभापति नन्द प्रसाद न्याैपानेले भने ‘प्रशिक्षण कार्यक्रम दुई दिन चल्छ ।’

कार्यक्रममा महामन्त्री सहमहामन्त्री बद्री पाण्डेसहित केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, अब्दुल सत्तार, चिनकाजी श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य मिन विश्वकर्मा लगायतका नेताहरु समेत गोरखा आउन लागेकाे सभापति न्याैपाने बताए ।

कार्यक्रममा प्रशिक्षण विभागका संयाेजक पुरुषाेत्तम दाहालकाे समेत सहभागिता रहने बताइएकाे छ । पुष २३ र २४ गते हुन लागेकाे कार्यक्रम पार्टी कार्यालय तिनधारेमा हुने र सहभागिताका लागि जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कांग्रेस गोरखाले आह्वान गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार