• शुक्रबार, साउन १५ २०८३

रेडक्रश गोरखाकाे अधिवेशन सकियाे, क-कसले जिते चुनाव (विवरण सहित)


बिहिबार, पुष १५ २०७८
810
Shares

गोरखा । नेपाल रेडक्रश साेसाइटी गोरखा शाखाकाे अधिवेशन सकिएकाे छ । बुधबार भएकाे अधिवेशनले सभापतिमा यदुविलाश भट्टराई सर्वसम्मत चयन भएका छन् । तर सभापति बाहेकका अन्य पदमा भने निर्वाचन भएकाे थियाे ।

राती अबेर सकिएकाे मतगणना अनुसार उपसभापतिमा पुष्पा श्रेष्ठ र नन्दलाल बगाले निर्वाचित भएका छन् । कुल खसेकाे १ सय २९ मतमध्ये श्रेष्ठले ७३ र बगालेले ६७ मत ल्याएका छन् । उपसभापतिमा कल्पना कुवँर र भिमलाल श्रेष्ठ भने पराजित बने । कुवँरले ५० र श्रेष्ठले ५६ मत ल्याएका थिए ।

त्यस्तै मन्त्रीमा भिमसेन काजी बाँनियाँले ७५ मत ल्याउदै विजयी बने । उनले टाेप बहादुर बाँनियाँलाई हराए । उनले ५० मत प्राप्त गरेकाे निर्वाचन समितीले जनाएकाे छ । यसैगरी काेषाध्यक्षमा ज्ञानहरी अर्याल ७३ मत ल्याउदै विजयी बने । उनले पृथबहादुर थापालाई हराएका थिए । थापाकाे ५२ मत आयाे ।

उपमन्त्रीमा नवराज उपाध्यायले ७६ मत ल्याउदै जित हासिल गरेका छन् । उनका प्रतिद्धन्दी रामहरी केसी ४९ मत ल्याउदै पराजित बने । उपकाेषाध्यक्षमा नीधि प्रसाद तमिल्सिना विजयी बनेका छन् । ७० मत ल्याएका तिमिल्सिनाले राधाराम काेइरालाई हराएका हुन । काेइरालाकाे पक्षमा ५५ मत आएकाे निर्वाचन समितीले जनाएकाे छ ।

त्यस्तै महिला ३ सदस्यमा फुलमाया गुरुङ्गले ७४, सुजता गिरीले ७० र मिश्रीदेवी अधिकारीले ६७ मत ल्याउदै विजयी बनेका छन् भने खुला ७ सदस्यहरुमा सुनिल कुवँर ६७, दिनेश खनखवास ६८, हाेमनाथ सापकाेटा ६७, मदन पन्त ६६, चुडामणी न्याैपाने ६३, नारायण प्रसाद बाेहाेरा ६४ र इश्वर अधिकारी ५७ मत सहित विजयी बनेकाे निर्वाचन समितिले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार