• आइतबार, असोज ४ २०८३

माओवादी पदाधिकारी हलबाटै चयन गर्न माग


बुधबार, पुष १४ २०७८
720
Shares


नेकपा (माओवादी केन्द्र) का महाधिवेशन प्रतिनिधिले पदाधिकारी हलबाटै चयन गर्न माग गरेका छन्। 

कर्णाली प्रदेशबाट आफ्नो समूहको सुझाव पेश गर्दै बिमला केसीले बन्दसत्र चलिरहेको हलबाटै अध्यक्ष सहितका पदाधिकारी चयन गर्न माग गरेकी हुन्। 

‘यही हलबाट पार्टीका पदाधिकारी चयन गरियोस्, त्यसका लागि प्रक्रिया थालिनुपर्छ’ समूहको सुझाव पेश गर्दै केसीले भनिन्, ‘महाधिवेशन हलबाट सबै पदाधिकारी टुंगो लगाउनु पर्छ। पछिलाई राख्न पाइँदैन।’

केन्द्रीय समिति र अध्यक्ष मात्र चयन गर्ने चर्चा चलेपछि केसीले पदाधिकारी पनि हलबाटै चयन गर्न माग गरेकी हुन्।

आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन बनाइएको २५ समूहबाट सुझाव दिने क्रम जारी छ।मंगलबारदेखि समूहले छलफल गरेर आज टोली नेताले सुझाव प्रस्तुत गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार