• आइतबार, असोज ४ २०८३

एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग छैन : पृथ्वीसुब्बा


बुधबार, पुष १४ २०७८
810
Shares


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको दाबी गरेका छन्। उनले कसैसँग पनि एमालेको प्रतिस्पर्धा हुन नसक्ने बताए।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलवार लुम्बिनीमा सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरूङले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गरे। 

माधवकुमार नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको गुरुङको आरोप छ। 

उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गराएको उल्लेख गरे।

एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए।

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको ५ दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार