गोरखा । नेपाल रेडक्रश साेसाइटी गोरखा शाखाकाे सभापतिमा यदुविलाश भट्टराई निर्विराेध चयन भएका छन् । शाखाकाे आज बुधबार भइरहेकाे अधिवेशनबाट भट्टराई सभापतिमा निर्विराेध चयन भएका हुन ।
दिउँसाे १ बजेसम्म मनाेनयनकाे समयभित्र सभापतिमा भट्टराईकाे मात्रै उम्मेदवारी परेकाे निर्वाचन समितीले जनाएकाे छ । उनि यसअघिकाे एक कार्यकालअघि समेत सभापति थिए । उनि जनता समाजवादी निकट मानिन्छन् ।
सभापति निर्विराेध भएपिन दुई उपसभापति, मन्त्रीसहित अन्य पदमा भने निर्वाचन हुन सक्ने बताइएकाे छ ।
जसमा एक महिलासहित २ उपसभापतिका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा भिमलाल श्रेष्ठ, कल्पना कुवँर, पुष्पा श्रेष्ठ र नन्दलाल बगाले रहेका छन् । त्यस्तै मन्त्रीमा भिमसेन काजी बाँनिया र टाेप बहादुर बाँनियाकाे उम्मेदवारी परेकाे निर्वाचन समितीले जनाएकाे छ ।
यसैगरी काेषाध्यक्षमा ज्ञानहरी अर्याल र पृथबहादुर थापावीच प्रतिस्प्रधा हुने भएकाे छ । उपमन्त्रीमा भने नवराज उपाध्याय र रामहरी केसीकाे उम्मेदवारी परेकाे बताइएकाे छ । त्यस्तै ३ महिला सदस्यका लागि ६ जना र ७ खुला सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् ।