
काठमाडौं । को एक औषधि कारखानाका मजदुरहरूले विप्लव नेतृत्वको नेकपा निकट रहेको मजदुर संघमा आबद्ध भई अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ एस. आर. ड्रग इकाई समिति गठन गरेका छन्।
“वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको लागि जनमत सङ्ग्रह” भन्ने मुल नारा सहित विप्लव नेतृत्वको नेकपाको अग्रभागीय मोर्चा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको मजदुर जागरण अभियान २०७८ को सिलसिलामा आज काठमाडौं चन्द्रागिरी नगरपालिका सतुंगल स्थित एस.आर.ड्रग (औषधि उद्योग) मा बिगत लामो समय देखि कार्यरत श्रमिक बिक्रम महर्जनको अध्यक्षतामा उद्योगमा कार्यरत श्रमिकहरूको सतुंगलमा भेला सम्पन्न भयो । सो भेलामा महासंघका केन्द्रिय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघका केन्द्रिय अध्यक्ष क. बि एस पौडेल को प्रमुख आथित्यथामा तथा महासंघकै केन्द्रिय सदस्य द्वय क. रामचन्द्र थापा र क. मोहन घले को विशेष आतिथ्यतामा संचालन भएको थियो।
भेलामा उपस्थित श्रमिकहरू द्वारा २१औं शताब्दीमा र देशको राजधानी काठमाडौंमा उद्योग कलकारखानाहरूमा काम गर्ने मजदुरहरुको पिडा बेथा सहिसाध्य नभएको बताए, भने भेलाका अध्यक्ष बिक्रम महर्जनले श्रमजीवी मजदुरहरूका अनेकन समस्याको समाधानका निम्ति र हाम्रो जायज माग र न्यायिक हक अधिकारको लागि अनिवार्य संगठित हुनै पर्ने बताए।
सोही क्रममा प्रमुख अतिथि क. बि. एस पौडेलले श्रम ऐन २०७४ ले श्रमजीवी मजदुरहरूको हकहित लाई कुण्ठित पारेको कुराहरु प्रष्ट पारी श्रमिक बिरोधी बुँदाहरू खारेज गर्नै पर्ने कुरा मा जोड दिदैँ हरेक २-२ बर्षमा बेतन बोर्ड द्वारा अनिवार्य नयाँ पारिश्रमिक निर्धारण गरि लागू गर्न गराउन पर्ने मा ३ बर्ष मा बल्लतल्ल २०७८ श्रावण १ गते देखि लागू हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएता पनि न्युनतम पारिश्रमिक पनि अधिकांश उद्योगी व्यवसायीहरूले उपलब्ध नगराई श्रम शोषण गरेका छन् भन्दै आपत्ति जनाएका थिए ।
साथै न्युनतम पारिश्रमिक तथा अन्य सेवा सुविधाको कुरा गर्दा काम (रोजगारी) बाट हटाइएको थुप्रै उदाहरण छन् | अझ महिला श्रमिकहरूका समस्याको कुराहरु भनिसाध्य नभएको र सो सम्बन्धमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनुका साथै श्रमजीवी मजदुरहरूका समस्याको समाधानका निम्ति हरेक प्रकारको जायज संघर्षको लागि अब सम्पुर्ण शोषित पीडित श्रमजीवी मजदुरहरू संगठित भई हालको यो दलाल पुँजीपति राज्य सत्तालाई खारेज गरि नयाँ बैज्ञानिक समाजबादी व्यवस्था स्थापनाको लागि सबै मजदुरहरू अब एक पटक व्यवस्था परिवर्तन गर्न र श्रमिक अधिकारको लागि पनि जनमत सङ्ग्रहमा नगइ नहुने बताए ।
सोही भेलाले बिक्रम महर्जनको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ एस.आर.ड्रग इकाई समिति गठन गरेकोछ र सो इकाई समितिका अध्यक्ष लगायत सबै सदस्यहरू द्वारा महासंघ र संघको बिधि बिधान र पद्दति मा रही श्रमिक अधिकारको लागि प्रतिबद्धता गर्दै भेला सम्पन्न भएको थियो ।