• आइतबार, असोज ४ २०८३

गण्डकीमा मन्त्रालय थपिदै, डोबाटेलाई आन्तरिक मामिला दिने तयारी


मंगलबार, पुष १३ २०७८
855
Shares

अहिलेसम्म विनाविभागीय मन्त्री रहेका डोबाटे विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । त्यही प्रयोजनका लागि मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरिएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त नियमावली संशोधन गरेको हो । गण्डकी प्रदेश सरकारमा हाल १२ जना मन्त्री छन् । मन्त्रालय भने ११ वटा थिए । अब मन्त्रालय पनि १२ वटा हुने भएका छन् । विश्वकर्मा असोज २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

स्रोतका अनुसार मंगलबार मुख्यमन्त्रीले डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी औपचारिक रुपमा सुम्पने छन् र सपथ पनि गराउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार