• शुक्रबार, साउन १५ २०८३

प्रचण्डकाे दस्तावेजमाथी बाबुरामकाे टिप्पणी: फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो !


मंगलबार, पुष १३ २०७८
3K
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गरेको विचारलाई काल्पनिक समाजवादको स्वैरकल्पनाको पोकोको संज्ञा दिएका छन् ।

दाहालले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन बढिसकेपछि सामाजिक सन्‍जालमार्फत भट्टराईले  पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको स्वैरकल्पनाको पोको संज्ञा दिएका हुन् ।

उनले ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए, माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ उनले भनेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो!अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए!शुभकामना!’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार