• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !


मंगलबार, पुष १३ २०७८
1K
Shares

माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय सम्मेलनमा एक वरिष्ठसहित ७ उपाध्यक्ष बनाइने प्रस्ताव पेस भएपछि कुन–कुन नेता वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्लान् भन्ने चर्चा र अनुमान सुरु भएको छ।

कार्यकारी अधिकार नभए पनि अध्यक्षपछिको वरीयताको पदमा पार्टीका पौने दर्जन नेताहरु वरिष्ठ उपाध्यक्ष र नयाँ उपाध्यक्षका रुपमा चर्चामा छन्। 

यता केहि नेताका अनुसार नाराणयकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुने पक्का जस्तै छ ।

‘नारायणकाजीका लागि उपाध्यक्ष स्थायी जिम्मेवारीजस्तै भइसकेको छ, महाधिवेशनले वरिष्ठ उपाध्यक्षसम्बन्धी प्रस्ताव पारित गर्यो भने यो जिम्मेवारी उहाँले नै पाउनुहुनेछ,’ पार्टी केन्द्रीय सदस्य दीपेन्द्र घर्ती (सिजल) ले भने, ‘त्यसपछि वरिष्ठताको आधारमा अन्य नेताहरु उपाध्यक्ष बन्नुहुनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार