• शुक्रबार, साउन १५ २०८३

६ महिना भित्र हरेक पालिकामा सामूहिक कृषि उद्यम सुरु गर्न प्रचण्डको प्रस्ताव


सोमबार, पुष १२ २०७८
570
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् ।

पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।

स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने उनको भनाइ छ । जमिनको चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने गरी कम्पनी र सहकारी साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन गर्न सकिने उनले प्रस्ट पारेका छन् । ठुलो परिमाणमा काम गर्नु पर्ने भएमा दुई वा दुई भन्दा बढी पालिकाले संयुक्त रूपमा समन्वयमा त्यस्ता उद्योग, व्यवसाय सञ्चालन गरिने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार