• शुक्रबार, साउन १५ २०८३

राप्रपा गण्डकीको विस्तारित बैठक आज


सोमबार, पुष १२ २०७८
605
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विस्तारित बैठक सोमबार बस्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवलपुरको कावासोतीमा बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत पुस ८ गते राप्रपाले लुम्बिनी प्रदेशबाट विस्तारित बैठकको शुभारम्भ गरेको थियो । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार विस्तारित बैठक भइरहेको हो ।

यसैबीच राप्रपा अध्यक्ष लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् । पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपा महामन्त्री भुवन पाठकले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार