• शुक्रबार, साउन १५ २०८३

कृष्णकुमारको नेतृत्वमा गोरखा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व


सोमबार, पुष १२ २०७८
835
Shares

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्।उनी सर्वसम्मत अध्यक्ष बनेका हुन्।

वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भए।कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा चयन हुँदा महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल चयन भएकी छन्।

संघको १६ औं अधिवेशन गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए।केही पदमा सर्वसम्मत भए पनि महासचिवलगायत पदमा भने चुनाव भएको थियो।

महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा चन्दनबाबु खत्री निर्वाचित भएको संघले जनाएको छ।गए राति आएको मतपरिणाम अनुसार सदस्यहरूमा दीपकबाबु श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, सुरेन्द्र कुँवर, शरण श्रेष्ठ, बसन्त बस्नेत, अयोद्या जोशी र शिवध्वज खत्री निर्वाचित भएका छन्।

यस्तै बस्तुगततर्फ कार्यसमिति सदस्यमा पर्वबहादुर विक सर्वसम्मत चयन भएका थिए।अधिवेशनमा संस्थापन पक्षको प्यानल र रामहरि केसी नेतृत्वमा नयाँ प्यानलबीच प्रतिस्पर्धा हुँदा संस्थापन पक्षले जितेको छ। केसीले महासचिव पदमा जम्मा २७५ मत ल्याए। महासचिवमा निर्वाचित भएका प्रकाशचन्द्रले भने ३५५ मत ल्याएका थिए।६७० मत खसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार