
गोरखा । हिजाे शनिबारदेखि सुरु भएकाे गोरखा उद्योग बाणिज्य संघको १६औं अधिवेशन अन्तरगत आज बिभिन्न पदमा चुनाव हुने भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँडबाट उद्घाटन भएकाे अधिवेशनमा आज आइतबार निर्वाचनकाे तालिका छ ।

बिहान १०ः०० बजेदेखी सुरु हुने मतदानमा गोरखा जिल्लाभित्र ब्यवसाय सञ्चालन गरिरहेका र बिभिन्न इकाइका गरी करिब ८ सय जना ब्यवसायी सहभागी हुने संघले जनाएकाे छ ।

अध्यक्षसहित ६ पदमा निर्विराेध भएकाे संघमा १ महासचिव र १ सचिवसहित ७ सदस्य पदमा भने चुनाव हुनेछ । ९ पदमा ब्यवसायीहरुले दुई प्यानल बनाएर चुनावमामा हाेमिएका छन् । जसमा महासचिवमा संस्थापनकाे साझा प्यानलबाट महासचिवमा प्रकाशचन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् भने संयुक्त ब्यवसायिक साझा प्यानलबाट महासचिवमै रामहरी केसीकाे उम्मेदवारी परेकाे छ ।


यस्तै सचिवमा चन्दनबाबु खत्री र काजीराम श्रेष्ठविच प्रतिस्प्रधा हुनेछ । खत्री संस्थापन र श्रेष्ठ ब्यवसायीक प्यानलका हुन ।
त्यस्तै ७ सदस्यहरुका लागि ११ जनाविच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।
जसमा संस्थापन प्यानलबाट शरण श्रेष्ठ, बसन्त बस्नेत, मानकाजी श्रेष्,ठ दिपककुमार श्रेष्ठ (अनु), शिवध्वज खत्री, सुरेन्द्र कुवँर र अयाेध्या जाेशीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ब्यवसायिक प्यानलबाट कर्णबहादुर गुरुङ्ग, किरण ढकाल, प्रेमध्वज थापा र शंकर बहादुर कुवँरले सदस्यमा उम्मेदवारी दिएका छन् ।


यसअघि संघकाे १६औं अधिवेशनबाट अध्यक्षमा कृष्णकुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ र काेषाध्यक्षमा राजेन्द्र बिश्वकर्मा निर्विराेध चयन भइसकेका निर्वाचन समितीले जनाएकाे छ ।
त्यस्तै कार्यसमिती सदस्यमा महिला खुलाबाट रिता रेग्मी र वस्तुगतबाट पर्वबहादुर बिक समेत निर्विराेध चयन भएकाे बताइएकाे छ ।
