
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् ।
देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ , बहादुरसिंह लामा २११४, दिलमान पाख्रिन १९७६, टेकबहादुर गुरुङ १९०६ , आङ्गेलु शेर्पा १८९८ र तारामान गुरुङ १८४८ मत ल्याएर निर्वाचित भएका छन् ।
आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ १७७८ भने कोइराला समूहबाट उम्मेदवार बनेका थिए ।त्यस्तै, महिलातर्फ सीता गुरुङ २३०७ , अन्जनी श्रेष्ठ २१२४, सरस्वती बजीमय २०४८, गंगा लक्ष्मी १८५७, माया राई १८७३, सीता कुमारी राना १८३५ र सुशीला थिङ १७९५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरु सातै जना देउवा पक्षका हुन् ।