• शुक्रबार, साउन १५ २०८३

लोक सेवा आयोगका अध्यक्षविरुद्ध आन्दोलन गर्ने तयारी


शुक्रबार, पुष ९ २०७८
535
Shares

लोकसेवा आयोगद्वारा सञ्चालित सबै चरणका परीक्षा दिएर नतिजा कुरिरहेका शाखा अधिकृत पदका परीक्षार्थीले आयोगका अध्यक्ष माधव रेग्मीको राजीनामा मागेर आन्दोलन गर्ने तयारी गरेका छन्। 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बिहीबार पनि कुनै आदेश नआएपछि उनीहरू आक्रोशित भएका हुन्। बिहीबार न्यायाधीश विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी र दीपककुमार कार्कीको इजलासमा मुद्दामा सुनुवाई हुँदै थियो। तर बहसका क्रममा न्यायाधीश विश्वम्भर श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भनिएपछि इजलास स्थगन भयो। 

यसपछि सर्वोच्च अदालत परिसर केहीबेर तनावग्रस्त जस्तै बन्यो।

झन्डै ३ सय जना शाखा अधिकृत पदका परीक्षार्थी एकैपटक मुख्य रजिस्ट्रारको कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीसँग ठेलमठेल भएको थियो। त्यसपछि ठूलो संख्याका परीक्षार्थी अदालत परिसरमै पलेटी कसेर धर्ना बसेका थिए। 

सर्वोच्च अदातलले आफ्ना मुद्दा सुनुवाइ नगरेकाले अब लोकसेवा आयोगका अध्यक्षविरुद्ध आन्दोलनमा उत्रने तयारी गरिएको एक जना परीक्षार्थीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार