
गोरखा । गोरखा उद्योग बाणिज्य संघको १६ औँ अधिवेशन भाेली १० र ११ गते सदरमुकाममा हुदैछ । गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने अधिवेशन नजिकिदै जादा कार्यसमितिका लागि ब्यवसायी बिच हानथाम भइरहेकाे छ ।

बुधबार कृष्णकुमार श्रेष्ठकाे नेतृत्वमा पूरै प्यानल घाेषणा हुदा बिहिबार नै अर्काे प्यानल समेत घाेषणा भएकाे छ । अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षबाहेकका पदमा यसअघि घाेषणा भएकाे प्यानललाई काउण्टर दिदै रामहरी केसीकाे नेतृत्वमा अर्काे प्यानल घाेषणा भएकाे हाे ।


कृष्णकुमारकाे प्यानलमा आफैले कार्यसमिती सदस्यमा उम्मेदवारी घाेषणा गरेका केसीले अर्काे प्यानल बनाउदै पुन: महासचिव पदकाे उम्मेदवारी घाेषणा गरेका हुन । हाेण्डा हाउसका सञ्चालक रहेका केसी हालकाे कार्यसमितीमा सदस्यमा छन् ।
बिहिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै केसीकै नेतृत्वमा महासचिव, कोषाध्यक्ष र सचिव पदसहित सदस्यमा उम्मेद्वारी घोषणा भएको हो ।


जसअनुसार महासचिवमा केसी, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजिराम श्रेष्ठ रहेका छन् । सदस्यमा सात जना ब्यवशायीले यो प्यानबाट उम्मेदवारी दिने बताएका छन् । तर अहिले कर्ण बहादुर गुरुङ, प्रेमध्वज थापा र शंकरबाबु कुँवरको नाम घोषणा भएको छ । अन्य चार जना सदस्य शुक्रबार मनोनयन दर्ता गराउँदासम्म छलफलबाट चयन भइसक्ने साे प्यानलका एक सदस्यले बताए ।
यसअघि घोषणा भएको प्यानलमा ब्यवशायी भन्दा गैर ब्यवशायी हाबी भएकाले आफू त्यहाँ नरहेको केसीले बताए । आफ्नो प्यानलले ब्यवशायीको हक हितका लागि काम गर्ने र उद्योग बाणिज्य संघको मर्म अनुसार नै अघि बढ्ने उनले बताए ।