• शुक्रबार, साउन १५ २०८३

गोरखा उधोग बाणिज्य संघकाे अधिवेशनः कृष्ण कुमारको नेतृत्वमा प्यानल घोषणा, कुन पदमा को ?


बिहिबार, पुष ८ २०७८
950
Shares

गोरखा । गोरखा उधोग बाणिज्य संघको १६ औं अधविेशन तथा ४६ औं साधारणसभा नजिकिदै जादा नेतृत्वका लागि कसरत सुरु भएको छ । २ हजार बढि ब्यवसायी आबद्ध रहेको संघको पुस १० र ११ गते अधिवेशन हुदैछ।

अधिवेशन नजिकिदै जादा ब्यवसायीहरु भने चुनावी जोडघटाउमा छन् । संघको आगामी ३ बर्षे कार्यकालका लागि नेतृत्व र अन्य पदका लागि ब्यवसायीहरुवीच हानथाप सुरु भएको हो ।

जसमा बुधबार हालको कार्यसमितिले प्यानल नै घोषणा गर्यो । बर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका कृष्णकुमार श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा भएको हो । गोरखाका पूराना ब्यवसायी श्रेष्ठ संघमा करिब २ दशक देखि आवद्ध छन् ।

त्यस्तै उनको प्यानलमा बरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के परेका छन् भने उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ छन् । त्यस्तै सचिवमा गोविन्द गुरुङ, कोषाध्यक्षमा चन्दनबाबु खत्री प्यानलमा छन् ।

यसैगरी सदस्यहरुमा शरण श्रेष्ठ, बसन्त बस्नेत, शिवध्वज खत्री, रामहरी केसी, मानकाजी श्रेष्ठ, दिपक कुमार श्रेष्ठ (अनु) र रिता रेग्मी छन् । संघको आगामी १० गते हुने अधिवेशन उद्घाटनका लागि गृहमन्त्री बालकृष्ण खाँड गोरखा आउदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार