गोरखा । निर्माण ब्यवशायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी चयन भएका छन् । अध्यक्षका प्रत्यासी होमबहादुर बानियाँलाई पराजित गर्दै भण्डारी बिजयी भएका हुन् ।
मंगलबारबाट सुरु भएकाे १० औँ अधिवेशन अन्तर्गत बुधवार मतदान भएकाे थियाे । राती अबेर सकिएको मत गणनामा भण्डारीले १३४ मत र बानियाँले ९८ मत पाए ।
भण्डारी र बानियाँ प्यानल नै बनाएर प्रतिप्रर्धामा थिए । भण्डारी माओवादी केन्द्र निकट ब्यवशायी हुन् भने बाँनियाँ नेपाली काँग्रेस निकट हुन् । भण्डारीलाई एमाले र जनता समाजवादी पार्टी निकट ब्यवशायीको साथ रहेको थियो ।
त्यस्तै सदस्यहरुमा भोला प्रसाद मरहट्टा, राजुबाबु लामिछाने, किरणबाबु श्रेष्ठ, सबिन बस्नेत, देबराज गुरुङ्ग, सुरेन्द्र बस्नेत, दिनेश तमु निर्वाचित भएका छन् । यसैगरी सदस्य मै बिनोद खनाल, दलमान गुरुङ्ग, तारा बहादुर खडका र दिपक थापा निर्वाचित भएकाे निर्वाचन समितीले जनाएकाे छ ।
पदाधिकारी भने संघको पहिलो बैठकले बिजयी ११ सदस्यहरुबाट मनाेनयन गर्ने बताइएकाे छ ।