• शुक्रबार, साउन १५ २०८३

प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न ७ बजेदेखि मतदान


बुधबार, पुष ७ २०७८
635
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको हो।

निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए ।विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।

माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।

९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार