• आइतबार, असोज ४ २०८३

एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध


बुधबार, पुष ७ २०७८
885
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन् ।यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार