• शुक्रबार, साउन १५ २०८३

एमाले गोरखाका सातौँ जिल्ला अधिवेशन पुस २३ गते हुने


बुधबार, पुष ७ २०७८
555
Shares

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन सदरमुकाममा सोमबार भएको २८ औँ वैठकले आगामी पुस २३ गते गर्ने निर्णय गरेको छ ।

वैठकले सातौँ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको एमालेका सचिव कृष्णबहादुर नेपालीले बताए । अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन कमिटीको संयोजकमा रमेश अधिकारी, प्रतिवेदन लेखनको संयोजक प्रेमबहादुर गुरुङ, अतिथि सत्कार समितिको संयोजकमा गीता भट्ट र आर्थिक संयोजकमा मोहनप्रसाद भट्टराईलाई जिम्मेवारी तोकिएको उनले जानकारी दिए ।

उपसमितिको प्रचारप्रसारको संयोजकमा सुरेशबाबु श्रेष्ठ, स्वयंसेवक संयोजकमा खिलबहादुर राना, मञ्च व्यवस्थापक संयोजक शान्तासिंह बस्न्यात, खाना आवास संयोजकमा काजीराम रोका र प्रतिनिधि छनौट व्यवस्थापन संयोजक कृष्णबहादुर नेपालीलाई जिम्मेवारी तोकिएको छ । सातौँ अधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न उपसमिति बनाएर कार्य विभाजन गरिएको उनले बताए ।

जिल्ला अधिवेशनका लागि पुस १७ गते सबै वडामा एकै दिन जिल्ला अधिवेशन प्रतिनिधि छनौट गर्ने जनाएको छ । २०७८ सम्म पार्टीमा सदस्यता नविकरण भएकालाई मुख्य आधार बनाएर जिल्ला प्रतिनिधि छनौट गरिने सचिव नेपालीले जानकारी दिए । एकसय जना पार्टी सदस्य बराबर एकजना महिला अनिवार्य गरी तीन जना छनौट गर्नुपर्नेछ ।

त्यस्तै, हरेक स्थानीय तहमा उत्पीडित दलित प्रतिनिधि समावेश हुनुपर्ने ब्यवस्था छ । जसमा एकसय जना सदस्य बराबर एक जना महिला अनिवार्य गरी दुई जना जिल्ला प्रतिनिधि छनौट गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार