• शुक्रबार, साउन १५ २०८३

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हेटौंडामा मजदुर जागरण अभियान सम्पन्न


बुधबार, पुष ७ २०७८
1.2K
Shares

काठमाण्डाै । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हेटौंडामा मजदुर जागरण अभियान सम्पन्न भएकाे छ । विप्लव नेतृत्वको नेकपाको जनवर्गीय संगठनका रुपमा रहेकाे महासंघकाे पुस ५ गते हेटौंडा औद्योगिक क्षेत्रमा अभियान सम्पन्न भएकाे हाे ।

अ.ने.क्रा.ट्रेड युनिएन महासघं मकवानपुरका संयोजक सितारामको अध्यक्षतामा भएकाे कार्यक्रममा ने.क.पा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

त्यस्तै कार्यक्रममा पार्टीका मकवानपुर सेक्रेटरी वाटर, अ.ने.क्रा.ट्रेड युनिएन महासघंका केन्द्रिय सदस्य तथा प्रदेश ३ पश्चिमि विशेष क्षेत्र इन्चार्ज‌ राजकुमार, अ.ने.क्रा.ट्रेड युनियन महासघका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज मीन बहादुर गौतमको उपस्थिति रहेकाे थियाे ।

अभियान उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी नयनले अभियानलाई आम मजदुरलाई संगठित गर्दै श्रमिक अधिकार र वैज्ञानिक समाजवादि व्यवस्थाका लागि जनमतसंग्रहको महत्त्व बोध गराउदै आम मजदुर लाई एकीकृत जनक्रान्ती को कार्यदिशामा गोलबन्ध गराउन यो अभियान सफल हुने विस्वास व्यक्त ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार