sf7df8f}F ^ df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf g]tf Pj+ k"j{ ;~rf/ ;"rgfk|ljlw dGqL clUgk|;fb ;fksf]6f ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'++b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराए । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि उनले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढन पटकपटक आग्रह गरे ।
उनले राष्ट्रहितको कैयन विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्नेमा संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको बताए ।सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसदलाई सूचारु गरेर अघि बढनुको विकल्प नरहेको बताए ।